ट्रम्पको चेतावनी

0
Shares

वासिंगटन, (एजेन्सी)
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य अमेरिकी राष्ट्रहरूलाई उपलब्ध गराउँदै आएको सहायता रकममा कटौती गरिने चेतावनी दिएका छन्। ठूलो समूहमा होन्डुरसका नागरिक अवैध आप्रवासीका रूपमा अमेरिका प्रवेश गर्ने प्रयास गरेपछि ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो।

संयुक्त राष्ट्रसंघले ७ हजारभन्दा बढी मानिस अमेरिकाको सीमातर्फ अगाडि बढिरहेको सूचना दिएकोे छ। मेक्सिकोमा पहिलेदेखि अमेरिका प्रवेशको मौका छोपेर बसेका व्यक्तिसमेत अहिले सो समूहमा सामेल भएका बताइएको छ। ट्रम्पले अमेरिका र मेक्सिकोबीच पर्खाल बनाउने प्रस्ताव राखेका थिए।

Skip This