फुटबलमा राकर्स फुल्टेक्रा विजयी


बाँके ।
बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगिताको उपाधि राकर्स फुल्टेक्राले हात पारेको छ ।

कम्दीको छग्रहवा खेल मैदानमा बिहीबार सम्पन्न अन्तिम चरणको प्रतिस्पर्धामा राकर्सले शहीद स्मारक राझालाई शून्यका विरुद्ध एक गोलले विजयी हराएको थियो ।

सो प्रतियोगितामा विजेता राकर्सले रु ३५ हजार, दोस्रो हुने राँझाले रु १५ हजार र तेस्रो हुने नवदुर्गा युवा क्लब ‘ए’ ले रु पाँच हजार पुरस्कार पाएको छ । उक्त गाउँपालिकाको सहयोगमा नवदुर्गा युवा क्लब ‘बी’ले सो प्रतियोगिता आयोजना गरेको थियो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।