श्रेष्ठलाई उपाधि

0
Shares

काठमाडौं, (नेस)
शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर २०१८–१९ अन्तर्गत प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि बिहीबार जितेका छन्।

गोकर्ण गल्फ क्लबमा कूल ७२ होलको खेल सम्पन्न हुँदा श्रेष्ठले १५ अन्डर २ सय ७३ स्कोर गर्दै उपाधि हासिल गरेका हुन्। यो श्रेष्ठको करियरको ४२औं उपाधि हो। पहिलो चरणदेखि नै सानदार प्रदर्शन गरेको नेपालका नम्बर एक गल्फरले चौथो तथा अन्तिम चरणमा ३ अन्डर ६९ अंक जोडे। दोस्रो स्थानमा रहेका भुवन नगरकोटीमाथि उनलाई १२ स्ट्रोकको अग्रता रहेको छ।

यससँगै श्रेष्ठले १ लाख २० हजार नगद पुरस्कार पनि प्राप्त गरे। कूल ३ अन्डर २ सय ८५ स्कोर गरेका भुवनले ७७ हजार रुपियाँ पुरस्कार हासिल गरेका थिए। त्यस्तै एमेच्योर टाशी छिरिङले तेस्रो स्थानमा रहेर एमेच्योरतर्फको उपाधि हात पारे। तर उनी एमेच्योर खेलाडी भएका हुनाले उनले नगद पुरस्कार भने प्राप्त गर्न सकेनन्। उनको सट्टा चौथो स्थानमा रहेका धन थापाले तेस्रो पुरस्कार ५५ हजार रुपियाँ हासिल गरे।

Skip This