नेइमारको ह्याट्रिकसँगै पीएसजीको शानदार जित


ऐजेन्सी, नेमाइरको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडमाथि शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले रेड स्टारलाई ६–१ गोल अन्तरले हराएको हो ।

पेरिसमा भएको खेलमा घरेलु टोलीले २० औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । दुई मिनेटपछि नै उनले दोस्रो गोल गरे ।

३७ औं मिनेटमा काभानी र ४१ औं मिनेटमा डी मारियाले गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई ४–० को अग्रता दिलाए ।

दोस्रो हाफको ७० औं मिनेटमा केलियन एम्बाप्पेले गोल गरे । चार मिनेटपछि भ्रमणकारी टोली रेड स्टारका मरिनले गोल गरेका थिए ।

तर, ८१ औं मिनेटमा नेइमारले ह्याट्रिक पुरा गर्दै पीएसजीलाई ६–१ गोल अन्तरको फराकिलो जित दिलाएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।