प्रथम इण्डो–नेपाल कराँते हुँदै



काभ्र्रे(नेस)
प्रथम इण्डो–नेपाल खुल्ला तौल समुह फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता तथा तेश्रो राष्ट्रिय पुरुष तथा महिला तौल समुह क्योकुशिन–सेईसिन(फुलकन्ट्याक्ट) कराँते प्रतियोगिता बनेपामा हुने भएको छ ।

आगामी कार्तिक १६ र १७ गते आयोजना हुने उक्त प्रतियोगिताका बारेमा बनेपामा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघका केन्द्रिय अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा नेपाल र भारतका झण्डै ३ सय खेलाडीहरु सहभागि हुनेछन् । महिला र पुरुष ७÷७ तौल समुहमा सहभागि हुने खेलाडीहरुको ब्यवस्थापन तथा प्रतियोगिताको तयारीका लागि १६ लाख रुपैया खर्च हुने आयोजक काभ्रे क्योकुशिन–सेईसिन काईकान कराँते संघका संयोजक रहदेव पोटेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्