पुनम पेरिसको फेसन शोमा

0
Shares

फेसन डिजाइनर तथा फिल्म निर्मात्री पुनम क्षेत्री गौतमले आफ्ना डिजाइनका पहिरनमा फ्रान्सको पेरिसमा सेप्टेम्बर १२ अन्तर्राष्ट्रिय मोडललाई ¥याम्पमा उतार्ने भएकी छिन्। बेलायतको लन्डन र अमेरिकाको न्युर्योकपछि पुनम आफ्ना डिजाइनका साथ पेरिसको फेसन शोमा प्रस्तुत हुन लागेकी हुन्।


एसएम ग्लोबलले सेप्टेम्बर १२ मा आयोजना गर्न लागेको क्याटवक पेरिस रिभोल्युसनमा पुनमले पश्चिमा पहिरनमा नेपाली पहिरनको फ्युजन गराएर मोडलमार्फत आफ्ना पहिरन प्रदर्शन गर्नेछिन्। ‘न्युर्योक र लन्डनमा नेपाली संस्कृति झल्काउने पहिरनलाई मोडलमार्फत प्रदर्शन गरेको थिएँ। पेरिसको फेसन शोमा नेपाली संस्कृतिलाई पश्चिमा पहिरनमा फ्युजन गरेर भिन्न किसिमको डिजाइन प्रस्तुत गर्दैछु’, पुनमले जानकारी गराइन्– ‘पश्चिमा पहिरनमा नेपाली संस्कृतिको फ्युजनको स्वाद सहभागिले पाउनेछन्।’

एसएम ग्लोबलले आयोजना गर्न लागेको फेसन शो आगामी सेप्टेम्बर १२ बाट शुरू भई २ दिनसम्म चल्नेछ। शोका लागि पुनम सोमबार पेरिस जाँदैछिन्। यो शोमा पुनमले नेपालको एक्लो प्रतिनिधित्व गरेकी छन् भने दर्जन बढी देशका फेसन डिजाइनरको पनि शोमा उपस्थिति हुनेछ। शोमा पुनमले फेब्रिकलाई मोन्टाइज गरेका १२ डिजाइन प्रदर्शन गर्नेछिन्। प्रदर्शनसँगै पहिरन बिक्रीका लागि उनले स्टल पनि राख्नेछिन्। यो फेसन शोमा अन्तर्राष्ट्रिय मोडलसँगै अन्तर्राष्ट्रिय सेलिब्रेटीको पनि विशेष उपस्थिति हुने पुनमले जानकारी गराइन्।

पेरिसपछि उनी दुबईमा पनि फेसन शो गर्दैछिन्। अन्तर्राष्ट्रिय फेसन शोमा आफ्नो सहभागिता उद्देश्यपरक रहेको उनले बताइन्। ‘भविष्यमा नेपालमा फेसन कलेज र इन्स्टिच्युट स्थापना गर्न चाहन्छु। त्यसका लागि विश्वमा फेसनको अवस्था के छ भनेर अध्ययन गरिरहेकी छु’, पुनम भन्छिन्– ‘यूके, जापान, नर्वे, न्युर्योकलगायतका धेरै देश घुम्दा त्यहाँका जनता नेपालबारे अनविज्ञ रहेको पाएँ। यो अवस्थामा म नेपाली संस्कृतिको फेसनमार्फत नै नेपालको बारेमा चिनाउन चाहन्छु।’ पुनम आफ्नो संस्था पुनम इन्टरटेनमेन्टले एसएम ग्लोबलसँग सहकार्य गर्दै २ वर्षपछि नेपालमै अन्तर्राष्ट्रिय बृहत् फेसन शोको आयोजना गर्ने तयारीमा छिन्। पेरिसको फेसन शोपछि उनी अर्को वर्ष दुबईमा पनि फेसन शो गर्दैछिन्। फिल्म अझै पनि निर्माण गरेकी पुनम चाँडै नै नयाँ फिल्म निर्माणको तयारीमा छिन्।