प्रधानमन्त्री ओली र भारतीय पूर्वप्रधानमन्त्री देवेगौडा बीच भेट


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पूर्व प्रधानमन्त्री एच.डी.देवेगौडा बीच आज बालुवाटारमा शिष्टाचार भेट भएको छ ।
भेटमा देवेगौंडाले नेपालले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाइ तथा धन्यवाद दिनुभएको छ । देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल भारत सम्बन्धमा नयाँ उचाइमा पु¥याएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुई पक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो “दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट खासगरी तीनवटा कुरामा उपलब्धी भएको छ । जलमार्ग, रेलमार्ग र र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धी भएको छ ।”

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।