यचुश्री किड क्विन नेपाल


राजधानीस्थित मध्यबानेश्वरकी यचुश्री श्रेष्ठले १६औं संस्करणको किड क्विन नेपाल–२०१८ को उपाधि जितेकी छिन्। राजधानीमा सम्पन्न प्रतियोगितमा यचुश्रीले १५ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै १० हजार रुपियाँको राशिसहित विभिन्न पुरस्कार प्राप्त गरिन्।

प्रतियोगितामा नयाँबजारकी लुमिला जोशीले फस्ट रनर्सअप हुँदै ७ हजार रुपियाँ जितिन् भने श्वेना श्रेष्ठ सेकेन्ड रनर्सअप भइन्। प्रतियोगितामा अपेक्षा शेरचन मिस फ्रेन्डसिप, वृक्षा गुरुङ मिस चार्मिङ, जेनिशा तामाङ मिस स्माइल, ओजस्वी महर्जन बेस्ट स्किन, दीया नापित बेस्ट हेयर, समृद्धि श्रेष्ठ मिस पंचुअल, प्रिया श्रेष्ठ मिस इलिजेन्ट, नसाना महर्जन मिस फोटोजेनिक, डोल्मा छिरिङ गुरुङ मिस पर्सनालिटी, एञ्जेल खत्री मिस डिसिप्लिन, यचुश्री श्रेष्ठ बेस्ट डे«ेस, इशा श्रेष्ठ मिस ट्यालेन्ट तथा अपेक्षा शेरचन र अनुभूति गिरी मिस सोसल वेलफेयर एम्बेसडर भए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।