व्याकुल माइला सम्मानित

0
Shares

काठमाडौँ, (नेस) । इ.जि.पायोनियर स्कुल इटाछें भक्तपुरले राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’ लाई सम्मान गरेको छ ।
संस्थापक प्रिन्सिपल विजेन्द्र ध्वँजु तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुचिता ध्वँजुले उहाँलाई १० हजार नगदका साथै खादा र टिका लगाई उपहारसहित सम्मान गर्नुभयो ।
‘विद्यार्थीसंग श्रष्टा’ नामक उक्त कार्यक्रममा माइलाले विद्यार्थीसंगै आफैँले लेखेको राष्ट्रिय गान गाउनुभएको थियो ।