काठमाडौं(नेस) । अवैध रुपमा तस्करी गरेको करीब ४ सय ५७ ग्राम सुन सहित त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल नजिक बस्ने सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का फैयाज आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका व्यक्तिहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छलि सुनका गहना तस्करी गर्ने कार्यमा संलग्न फैयाजलाई एयरपोर्ट गोल्डेनगेटबाट उक्त सुन सहित प्रहरीले पक्राउ गरेको हो ।
फैयाजलाई आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालयमा काठमाडौं पठाइएको छ ।











प्रतिक्रिया