काठमाडौ, (नेस) । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन), कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) मनिला र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) को आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
इन्नोभेसन इन टीभीईटी फर सोसियल इकोनोमिक डेभलपमेन्ट विषयमा आगामी असोज १८ र १९ गते हुने २ दिने सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सार्क डिप्लोमा इन्जिनियर फोरम(एसडिइएफ) सँग सहकार्य गरिएको छ ।
सम्मेलनमा टीभीईटी क्षेत्रमा भइरहेको कार्य र इन्जिनियरिङ क्षेत्रका उत्कृष्ठ उपलब्धी र सफल नमूनाको आदानप्रदान गरिने सम्मेलन आयोजक समितिका अध्यक्ष कामेश्वर प्रसाद सिंहले बताउनुभयो । यसले राष्ट्रिय, क्षेत्रीय मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्दै गुणस्तरीय विकासका लागि सम्बन्ध विस्तार गर्ने उहाको विश्वास थियो ।
सम्मेलनबाट विश्वका पछिल्ला प्रविधि र प्राविधिक उत्पादन विकास र विकास निर्माणको शैलीप्रति जागरुकता फैलने विश्वास गरिएको छ ।
डिनका महासचिव जीवन घिमिरेले सम्मेलनले सामाजिक, आर्थिक क्षेत्रमा गुणस्तरीय विकासको मापदण्ड तय गरिने जानकारी दिनुभयो । सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रका २० मुलुकका ५० जनासहित ५ सय जनाको सहभागिता रहनेछ । सम्मेलनमा टेक्निकल भोकेसनल एजुकेशन एन्ड टे«निङ विषयमा २० देशका २५ भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छ ।











प्रतिक्रिया