काठमाडौ(नेस) । बंगलादेशमा विद्यार्थीद्वारा भइरहेको सरकार विरोधी प्रदर्शनका विषयमा आफ्ना धारणा व्यक्त गरेको अभियोगमा बंगलादेशी सरकारले वरिष्ठ फोटो पत्रकार तथा सांस्कृतिक अभियन्ता शाहिदुल आलमलाई गरेको गिरफ्तारीप्रति नेपाल फोटो पत्रकार महासंघले आपत्ती जनाएको छ ।
प्रेस जगतले स्वतन्त्र रुपमा आफ्नो धारणा व्यक्त गर्न पाउने अधिकारलाई कुण्ठित गर्दे फोटो पत्रकार तथा सांस्कृतिक अभियन्ता शाहिदुल आलममाथि भएको गिरफ्तारीको निन्दा गर्दे बिनासर्त रिहाईको माग महासंघले गरेको छ ।
ढाका मेट्रोपोलिटन प्रहरीले आलमलाई पक्राउ गर्नुका साथै उनको घरमा रहेको सीसी क्यामेरा तोडफोड गर्नुका साथै इन्टरनेट राउटर पनि फुटाएकोमा आपत्ती जनाउदै आलमको गिरफ्तारीलाई अहिले दक्षिण एशियामा बढदै गएको आफ्ना विरोधीलाई सहन नसक्ने प्रवृत्तिको एउटा पाटोको रुपमा रहेको नेपाली फोटो पत्रकारहरुले ठहर गरेको महासंघले जनाएको छ । साहिदुल आलम ड्रिक नामक दक्षिण एशिया मेडिया इन्स्टिच्युट तथा छोबी मेलाका प्रवर्तक हुन् ।
त्यस्तै आमलले वल्र्ड प्रेस फोटो फाउन्डेशन नेदरल्याण्ड्सले वार्षिक रुपमा आयोजना गर्ने फोटो प्रतियोगिताको प्रमुख निर्णायकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।
उनले समाचार, सूचना, फोटोग्राफी तथा सांस्कृतिक अभियान मार्फत बंगलादेशी जनता लाई सूसूचित गराउने तथा दक्षिण एशियाका देशहरूलाई भावनात्मक रुपमा जोड्ने काम गर्दै आएका छन् ।











प्रतिक्रिया