नेपाल समाचारपत्र, नुवाकोट
पासाङल्हामु राजमार्ग अन्र्तगत ककनी गाउँपालीका वडा नं १ चिसोधारा भन्ने ठाँउमा सोमबार विहान ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।
मृत्यु हुनेमा सहचालक गोरखा जिल्ला अजिरकोट गाउँपालीका ३ मेखराज गुरुङ रहेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले बताए । उनको उपचारको क्रममा मृत्यु भएको हो । ककनीबाट बालुवा लिई काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख ४५३७ नम्बरको ट्रिपर साइट च्यापने क्रममा सडकबाट ३०० मिटर तल्ल खसेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ ।
घाइते हुनेमा ट्रिपर चालक नुवाकोटको शिवपुरी गाउँपालीका वडा नं ७ का शेषमान तामाङ, र शिवपुरी गाउँपालीका वडा नं ६ का रोशन तामाङ रहेको प्रहरी प्रमुख कुवरले बताए । चालक तामाङको दाहिने हात भाचिएको छ भने ट्रिपरमा सवार रोशन तामाङको टाउँकोमा चोट लागेको छ । घाईतेहरुलाई उपचारको काठमाण्डौ ग्रिन सि.टि. होस्पिटल लगिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
यसैबिच ककनी गाउँपालिका वडा नं ४ ढुङ्गेपौवामा अबिरल बर्षाको कारण पहिरो जाँदा एक घर बगाएको छ । पहिरोले कृष्ण लामाको घर बगाएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । पहिरोले कुर्नैपनि मानबिय तथा चौपाय क्षति नभएको नुवाकोट प्रहरीले जनाएको छ ।











प्रतिक्रिया