मोटर साइकल ठोक्किदा २ को मृत्यु

0
Shares

काठमाडौं(नेस) । काठमाडौं महानगरपालिका–३ महाजराजगंस्थित सडक किनारामा रोकी राखेको बा.४ ख ९८५४ नम्बरको ट्रिपरको पछाडि बा.१९ च ६५१५ नम्बरको भ्यान ठक्कर खाई दुर्घटना हुँदा बुढानिलकण्ठ नगरपालिका भंगाल बस्न रामबहादुर थापा र सोही ठाउँ बस्ने सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका पशुपति सिलवाल गम्भीर घाइते भएकाले शिक्षण अस्पताल महाराजगंज पठाएकोमा उपचारको क्रममा दुबै जनाको आइतबार मृत्यु भएको छ ।

भ्यान चालक सिन्धुपाल्चोकका सुरेश पराजुली घाइते भएकाले उपचारको लागि सोही अस्पताल पठाइएको छ । दुवै सवारी साधन र ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।