बालविवाह बिरुद्ध अभियानः मण्डवबाटै दुलहीका बावु पक्राउ


कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा बालविवाह भएको भन्दै एक अभिभावकलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

मंगलबार राती ८ बजे बिवाहको तयारी भइरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेको हो । केटा पक्षका काका मुनेश यादवका अनुसार प्रहरीले बिना कारण अन्दाज र कसैको बहकावमा परी मर्यादित र सुसजित जन्तीलाई हस्तक्षेप गरी विवाह रोेकेको आरोप ललगाएका छन् ।

केटा पक्षले केटाको नागरिका समेत देखाए पछि २० बर्ष उमेर पुगेर केटा पक्षका अभिभावकहरुलाई छोडेको यादवले बताए । उता सोही गाउमा रहेको केटी पक्षको घरमा गई केटीका बुवा चतुरी यादवलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

उपरीक्षक ढकालका अनुसार बालविवाह भइरहेको सुचनाका आधारमा केटीका बुवा चतुरी यादवलाई पक्राउ गरिएको हो केटी पक्षको उमेर विवाहका लागि योग्य नभएका कारण अभिभावकलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ढकालले बताए ।

पर्सामा बालविवाह रोक्नका लागि प्रयास भएपनि अझै सार्थक रुप लिन सकेको छैन । वालविवाह बिरुद्ध प्रहरी अब कठोर बन्ने प्रहरीको भनाइ छ ।खासगरी मधेशमा जरो गाडेर बसेको दाइजो प्रथाका कारण पनि बालविवाहको घटना यस क्षेत्रमा बढ्ने गरेको पाइन्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।