प्रशान्त वली, काठमाडौं
चालु आर्थिक वर्ष सकिन लाग्दा सर्वोच्च अदालत र मेलमिलाप परिषद्को टोली विदेश हुइकिएको छ । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको नेतृत्वमा ९ सदस्यीय टोली जर्जिया गएको हो ।
उक्त टोलीमा उच्च अदालतका न्यायाधीश केशव जोशी, सर्वोच्चका मुख्य रजिष्ट्रार राजन भट्टराई, सहरजिस्ट्रार नारायण पन्थी, जिल्ला न्यायाधीश अर्जुन अधिकारी, शाखा अधिकृत सुवर्णप्रसाद खनाल, परिषद्का मात्रीका निरौला, सरीता श्रेष्ठ, गीता शर्मा रहनुभएको छ ।
कानुन न्याय तथा संसदीय मामीलामन्त्री शेरबहादुर तामाङले यसबारे आफुलाई जानकारी नभएको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सरकारको पूर्व स्वीकृत लिनुपर्ने हो । हामीलाइ जानकारी छैन । उहाँहरू आएपछि कुरा हुन्छ ।’
उक्त टोली परिषद्को बार्षिक कार्यक्रमबाट स्विकृत ४० लाख रुपैंया बजेटमा टेकेर असार २८ गतेसम्मका लागि जर्जिया गएको हो । उक्त भ्रमणका क्रममा प्लेन टिकट बाहेक १३ लाख रुपैंया खर्च हुनसक्ने समाचार स्रोत बताउँछ ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले उक्त टोली मेलमिलापसम्बन्धी पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जर्जिया गएको नेपाल समाचारपत्रसँग दावी गर्नुभयो । उहाँले भन्नुभयो,–‘कति खर्च हुन्छ ठ्याक्कै जानकारी भएन ।’
न्यायाधीश भट्टराई मेलमिलाप परिषद्मा आवद्ध भएकाले उहाँको नेतृत्वमा टोली भ्रमण गएको बताइएको छ । सर्वोच्चका सञ्चारबिज्ञ किशोर पौडेलले नेपाल समाचारपत्रसंग भन्नुभयो–असारे बजेट सक्नकै लागि टोली जर्जिया गएको होइन । पूर्व निर्धारीत कार्यक्रम हो ।’














प्रतिक्रिया