स्रोत नखुलेको एक करोड रुपैयाँसहित एक जना पक्राउ


पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको एक करोड रुपैयाँभन्दा बढी  रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको वीरगञ्ज–१२, रानीघाटबाट राहुल केशरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी रेवती ढकालले उनीसहित अन्य केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको पुष्टि गरे ।

बरामद गरिएको रकम हुण्डीको भएको प्रहरी आशंका छ ।

‘केशरीले आफ्नो संलग्नता स्वीकारिसकेका छन्’, एसपी ढकालले भने, ‘नियन्त्रणमा लिइएका अन्यको संलग्नता छ वा छैन भन्ने बारेमा सोधपुछ गरिरहेका छौं ।’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।