लुक्ला विमानस्थल ४ दिनदेखि बन्द


लुक्ला । सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा ४ दिनदेखि बन्द भएको छ । लुक्लामा रहेको विमानस्थलमा मौसम प्रतिकुलताका कारण शुक्रबार अवतरण भएका तारा एयरको विमान उडान हुन नसक्दा लुक्लामै थन्किएको छ ।

शुक्रबार मौसम प्रतिकुलताका बाबजुद नै अवतरण गरिएका २ वटा विमानमध्ये समिट एयरको विमान यात्रु लिएर फर्किए पनि तारा एयरको विमान भने फर्किन नसकेको तारा एयरलायन्स लुक्लाले जनाएको छ । लुक्ला विमानस्थलमा उडान हुन नसक्दा पर्यटकहरु अलपत्र परेको तारा एयरका स्टेसन इन्चार्ज फुनुरु शेर्पाले बताएका छन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।