१.८३ दर्शक संख्याको कीर्तिमानी

0
Shares

लन्डन, (एजेन्सी)
इंग्ल्यान्डमा इंग्ल्यान्ड र ट्युनिसियाबीचको खेल टेलिभिजनमा हेर्नेको संख्या १.८३ करोड दर्शक रहेको बीबीसीले जनाएको छ। यो नयाँ कीर्तिमान रहेको पनि दावी गरियो। रुसको भोल्गोग्राडमा खेलिएको खेलमा इंग्लिस कप्तान ह्यारी केनले इन्जुरी समयमा गोल गरेर टोलीलाई २–१ ले जित दिलाएका थिए। यो खेल टेलिभिजनमा ६९.२ प्रतिशत दर्शकले हेरे।

यसले गत महिनाको शाही विवाहको कीर्तिमानलाई समेत पछि पारेको छ। यसका साथै लगभग ३० लाख मान्छेले यो खेल अनलाइनमा हेरेको पनि बीबीसीका लागि कीर्तिमान रहेको जनायो।

Skip This