लामखुट्टे पनि मैदानमा

0
Shares

मस्को, (एजेन्सी)
विश्वकपअन्तर्गत सोमबार राति भाल्गोग्राड स्टेडियममा भएको इंग्ल्यान्ड र ट्युनिसियाबीच भएको खेलमा लामखुट्टेले दुःख दिएको छ।

खेल दौरान खेलाडीहरू बल खेल्नुको सट्टा लामखुट्टेसँग लडिरहेका थिए। खासगरी इंग्ल्यान्डका खेलाडी लामखुट्टे मार्दै थिए। यसको मतलब स्टेडियममा लामखुट्टे धेरै थिए। इंग्ल्यान्डका खेलाडी खेल जारी हुँदा एन्टी मस्किटो स्पे्र गरिरहेका थिए। खेलअगाडि अभ्यासमा पनि खेलाडीलाई लामखुट्टेले दुःख दिएको थियो। एन्टी मस्किटो स्प्रेले लामखुट्टेलाई भगाउन पनि सकिएन। किनकि त्यहाँ हजारौ संख्यामा लामखुट्टे रहेको जनाइएको छ।

Skip This