काग्रेसलाई अवसर



स्थानीय, प्रादेशीक र संघीय तीनै तहको निर्वाचनमा लज्जाजनक हार व्यहोरे संगै राष्ट्रिय राजनीतिमा कमजोर बनेको नेपाली काग्रेस आन्तरीक रुपमा पार्टीभित्र पनि गुट उपगुट तथा अन्तरद्धन्द्धमा रुमल्लिरहेको छ ।

नेपालमा लामो इतिहास बोकेको र हरेक परिवर्तनको नेतृत्व गर्दै आएको मात्र हैन प्रजातन्त्र पुर्नस्थापना पछि पटक पटक ठुलो दलको हैसियत कायम राखि लामो समय सत्ताको बागडोर सम्हाल्ने नेतृत्व समेत लिएको पार्टी नेपाली काग्रेस अहिले प्रतिपक्षको भुमिकामा समेत कमजोर देखिएको छ ।

प्रमुख बाम घटक दल नेकपा एमाले र माओबादी केन्द्र एकिकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि त काग्रेसलाई अझ ठुलो चुनौति थपिएको छ । नेपाली काग्रेसलाई संविधान संम्बत संरचनामा रुपान्तरण गर्न तथा स्थानीय तह देखि केन्द्रिय तह सम्म पार्टीलाई थप सदृढ र गतिशिल बनाउनु पर्ने काग्रेसको अर्को चुनौतिपुर्ण कार्य पनि बाकी छ ।

खासगरि स्थानीय, प्रान्तिय र संघीय निर्वाचन पछि काग्रेस कमजोर हुनुको कारण बारे पार्टी भित्र विभिन्न कोणले घनिभुत छलफल भैरहेको छ । केन्द्रिय नेता देखि ग्रामिण तहका कार्यकर्ता सम्म पार्टी कमजोर हुनुको कारण बारे अझै पनि छलफल भइरहेको छ ।

साथै सुभचिन्तक तथा विषय विज्ञहरुले समेत अब नेपाली काग्रेस कसरी अघि बढ्नु पर्छ भन्ने बारेमा राय सुझाव दिइरहेका छन् । पार्टी विधान शंशोधन तथा परिमार्जन, पार्टीको संगठनात्मक संरचना, सदस्यताको प्रकृति, पार्टीभित्रको निर्वाचन प्रणाली, मुल्याङ्कन पद्धति र संगठनात्मक व्यवस्था लगाएत विविध विषयमा ठोस प्रस्ताव तयार पार्न केन्द्रित हुने उदेश्यका साथ जिल्ला सभापतिहरुको राष्ट्रिय भेला तथा महासमिति बैठक समेत आवहान भैसकेको छ ।

पार्टीलाई थप सुदृढ बनाउने उदेश्यका साथ विभिन्न तवरले पार्टी सुदृढिकरण अभियानहरु पनि सञ्चालन भैरहेको छ ।
काग्रेस कमजोर हुनुको प्रमुख कारण भनेको गुट उपगुट मा विभाजित हुनुनै हो । साथै समयअनुसार निर्णय गरि पार्टीलाई संस्थागत ढंगले अघि बढाउन नसक्नु नसक्नु अर्को कारण हो । राष्ट्रिय राजनीतिका महत्वपुर्ण मुद्धाहरुमा फितलो निर्णय गर्ने तथा आम जनतालाई आप्mनो नीति तथा कार्यक्रमबारे बुझाउन नसक्नु पनि काग्रेसको कमजोरी देखियो ।

नेतृत्वको कतिपय व्यक्तिमुखि निर्णय पनि पार्टी कमजोर बन्ने कारण देखिएको छ । नेतृत्वमा रहेका नेताहरुले जनताको स्वार्थ त परै जाउस दलिय स्वार्थ समेतलाई वास्ता नगरि व्यक्तिगत स्वार्थ पुरा गर्न खोजेको कारणले पनि पार्टी कमजोर भएको भनि व्यपाक आलोचना भइरहेको पनि पाइन्छ । सत्तासिन दलसंग अहिले दुईतिहाई बहुमत छ । अब पाँच वर्ष काग्रेस सत्तामा जाने सम्भावना ज्यादै न्युन छ ।

अतः नेपाली काग्रेसले अहिले प्रमुख प्रतिपक्षको भुमिकालाई प्रभावकारी बनाउने मात्र है आन्तरीक रुपमा पार्टीलाई समेत एकढिक्का बनाएर केन्द्र देखि स्थानिय तहसम्मै पार्टी संगठनलाई चलायमान बनाउन अहिले देखिनै तत्कालिन, अल्पकालिन र दिर्घकालिन नीति, राणनीति तथा कार्यक्रम ल्याउनु पर्छ । काग्रेसले यो समयलाई चुनौतिका साथ साथै अवसरको रुपमा उपयोग गरि अघि बढ्नु नै उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्