स्विमिङ गर्दा कस्तो कपडा लगाउँ?



बलिउड आइटम डान्सर मलाइका अरोराले हालै आफ्ना केही विकनी फोटो इन्स्टाग्राममा सेयर गरेर अर्को हंगामा मच्चाएकी छिन्।

स्विमिङ पुलमा पौडी खेलिरहेको उक्त फोटोलाई उनका फलोअरहरूले भने मन पराएनन्। उनीहरूले यस्तो कपडामा फोटो खिच्न नहुने प्रतिक्रिया दिएका छन्। यस कारण पनि सामाजिक सञ्जालमा ट्रोल भइन्। त्यसपछि उनले आफू बेकारको कुरामा ध्यान दिने मानिस नभएको बताइन्। उनले यो पनि भनेकी छिन कि ‘अरूको जिन्दगीमा दखल दिनेहरूले आफ्नै जिन्दगीलाई पनि ध्यान दिन जरुरी छ।’


उनले भनेकी छिन् कि– ‘मैले जुन स्विम स्विटवाला फोटो सेयर गरेँ, यो वर्षौं पुरानो हो। जुन समयमा म माल्दिभ्स गएकी थिएँ।’ उनले आफ्नो फोटोलाई ट्रोल गर्नेहरूलाई प्रश्न गरेकी छिन् ‘स्विमिङ गर्दा यस्तो कपडा नलगाएर कस्तो कपडा लाउनुपर्ने थियो?’

प्रतिक्रिया दिनुहोस्