महिलाहरुले मात्रै ताने रातो मछिन्द्रनाथको रथ



रातो मछिन्द्रनाथको रथ आज महिलाहरुले मात्रै तानेका छन। जात्राको क्रममा महिलाहरुले एक पटक रथ तान्ने परम्परा छ । बिहान करिब ६ बजे तिर रथ तान्न सुरु गरिएको थियो।

मच्छिन्द्रनाथको रथ लगनखेल बाट इति टोलमा पुगेपछि भने ज्योतिषले दोस्रो चरणको साइत हेरेर जावलाखेल पुर्याउने दिनको टुङ्गो लाग्छ।

नरिवल खसाल्ने जात्रा सकिएको पहिलो बिहीबार ज्योतिषले रातो मच्छिन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा रहेको छ।
तस्बिर उज़ोल डंगोल/नेस

प्रतिक्रिया दिनुहोस्