हैजा प्रकोप



अबुजा, (एजेन्सी)
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा रहेको बाउची राज्यमा हैजाको प्रकोपबाट नौ जना व्यक्तिको मृत्यु भएको छ स्थानीय सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। सो राज्यका पाँचओटा जिल्लामा हैजाको प्रकोप फैलिएको बताइएको छ। अहिलेसम्म झन्डै ३ सय २४ जनालाई हैजा लागेको अधिकारीहरूले पुष्टि गरेका छन्। स्वास्थ्य अधिकारी जुवैर हसनले सिन्ह्वालाई दिएको जानकारीअनुसार हैजाबाट प्रभावित बिरामीहरूलाई हेरचाह गर्नका लागि विशेष व्यवस्था गरिएको छ। सररफाइमा कमी, स्वास्थ्य चेतनाको अभाव र खुलारूपमा दिसा, पिसाब गर्ने प्रचलनको कारण हैजा फैलिएको हसनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्