दक्षिण कोरियाली पूर्व राष्ट्रपतिलाई पक्राउ आदेश


दक्षिण कोरिया  ।  दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई विभिन्न भ्रष्टाचार आरोपमा पक्राउ गर्न आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सोलस्थित एक जिल्ला अदालतले सन् २०१३ सम्म आफ्नो पाँचबर्षे राष्ट्रपतीय कार्यकाल सम्पन्न गर्नुभएका ली लाई पक्राउ गरी छानविनका लागि हिरासतमा राख्न आदेश गरेको हो ।

 

उनमाथि लागेका भ्रष्टाचार आरोपहरू सवैमा आफ्नो कुनै सम्लग्नता नरहेको जनाएपछि अदालतको उक्त आदेश आएको हो । लीलाई लागेका आरोपमध्ये केहीमा बलिया प्रमाण पाइएकाले जेलबाहिर रहँदा तथ्यलाई नस्ट गर्न वा लुकाउन सक्ने भन्दै अदालतले पक्राउका लागि आदेश दिएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।