डोटीमा किसानका खेत बाझै

0
Shares

विमल विष्ट, डोटी । गएको भदौ महिना यता देखि डोटीमा पानी नपरेपछि यहाँका ग्रामिण क्षेत्रमा खाद्य संकट हुने अनुमान गरिएको छ ।

पानी नपरेपछि गहुँ फल्ने खेतहरु बाँझो परेका छन् । हिउँदेबाली छरेपनि, आकासे पानीको भरमा रहेका किसानका खेत बाझै रहेको जोरायल गाउपालिका ५ का स्थानिय खेम विष्टले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘लामो समय देखी पानी नपर्दा खडेरी भएको छ, गहुँ उत्पादनमा कमि आउने चिन्ताले किसानलाई सताउन थालेको छ ।’ उहाँका अनुसार जिल्लाका अधिकांस ग्रामिण बस्तिमा लगाएको आधा बाली नउम्रिएको र उम्रिएको पनि पानी नपरेपछि सुक्न थालेको छ ।

प्राय आकासे पानीको भरमा खेती गरिने जिल्लाको गड्सेरा, मन्नाकापडी, बोगटान, बर्छैन, मुडभारा, मरकट्टे, पुर्बिबगर, जोरायलका लेकाली भेग, कपल्लेकी, खचेडा, मुडेगाउ लगायतका गाउँका अधिकांश जमिन बाझै छन् ।

खेतीपातीलाई मात्र नभएर यस बर्षको लामो खडेरीले मेलापातमा घाँस पनि नउम्रिदा पशुपंक्षीलाई खुवाउने आहारमा समेत निकै असर परेको स्थानियबासीहरु बताउछन् ।

डोटीमा सामान्य पानी परेपनि त्यो सिचाईका लागि प्रर्याप्त नभएको जिल्ला कृषि बिकास कार्यालयले डोटीका प्रमुख तपेन्द्रबहादुर शाहले बताउनु भयो । जिल्ला कृषि बिकास कार्यालय डोटीको तथ्यांक अनुसार डोटी जिल्लाको कुल १८ हजार भन्दा बढी हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ ।