स्वराज स्वदेश फिर्ता: ‘दुई देशबीचको आपसी मित्रता कायम गर्नका निम्ति भ्रमण उपलब्धीमूलक’

0
Shares

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहनु भएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज शुक्रबार स्वदेश फिर्ता भएकी छन् ।

नेपालसँगको पछिल्लो सम्बन्ध सुधार गर्न र वाम गठवन्धनसँग भरातको सहकार्यका निम्ति मोदीको बिशेष दूतका रुपमा नेपाल आएकी स्वराज ३ः३५ बजे फर्किएकी छन् । स्वराजले नेपाल आउँदा सरकार बाहिर रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोल्टी होटेलमा पहिलो भेट गरेकी थिईन् ।

ओली र स्वराजबीच समसामयिक र दुई देशबीचको कुटनीतिक सम्बन्धका बिषयमा छलफल भएको थियो । ओलीले समेत स्वराजसँगको भेटलाई दुई देशबीचको आपसी मित्रता कायम गर्नका निम्ति उपलब्धीमूलक भएको बताएका छन् ।

सरकारको औपचारीक निम्तो विनानै नेपाल भ्रमणमा आएकी विदेशमन्त्री स्वराजले नेपाल रहदाँ राष्टपति विद्यादेवी भणडारी, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टा छुट्टै भेटाबार्ता गरेकी थिईन । मधेसीदलका नेतासँग भने उनले विहीबार राति सामुहीक भेटावार्ता गरेकी थिईन ।

उलने नेपालको संविधान कार्यान्वयन, संधियताको पालना र नयाँ सरकार गठनका बिषयमा केन्द्रित भएर भेटमा कुरा गरेकी थिईन् ।