शिवहरीप्रसाद भट्टराई, राजविराज । राजर्षि जनक विश्वविद्यालय ऐनको विरोधमा शुक्रवार राजविराजमा प्रदर्शन गरिएको छ । महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस राजविराजका प्राध्यापक र कर्मचारीहरुले प्रदर्शन गरेका छन् ।
क्याम्पसवाट निस्किएका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै विधेयक संशोधनको माग गरेका छन् । ऐनका केहि प्रावधानले अन्य क्याम्पसको अस्तित्व संकटमा परेको उनीहरुले वताए ।
संघर्ष समितिका संयोजक सिंहेश्वर प्रसाद यादवले प्रदेश २ अन्तर्गत पर्ने त्रिभुवन विश्व विद्यालयका आंगिक क्याम्पस मध्ये सप्तरी, सिरहा र जनकपुरलाई विश्वविद्यालयमा गाभ्ने निर्णय गलत भएको वताए ।
मुख्य प्राविधिक सहायक भोलानाथ सुवेदीले कार्यरत कर्मचारी र प्राध्यापकसँग परामर्श समेत नगरी लादिएको विधेयक आपत्तिजनक भएको भन्दै विरोध गरे । आफुहरु त्रिवि आंगिक क्याम्पस अन्तर्गत नै रहन चाहेको वताउँदै प्राध्यापकहरुले सोहि अनुरुप विधेयक संशोधन नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए ।











प्रतिक्रिया