काठमाडौं । महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणमा शुक्रबार बिहान प्लास्टिक ग्रिनेट विस्फोट हुँदा ५ जना सैनिक घाइते भएका छन् ।
बिहान पिटी खेलीसकेपछि युनिट बेसिक कोर्स चल्दै गर्दा प्रशिक्षकले प्लाष्टिक ग्रिनेटको पिन थुतेर सिकाउन खोज्दा विस्फोट भएको हो ।
प्रशिक्षकसहित चार घाइते भएको बताइए पनि उनीहरुको परिचय खुलेको छैन ।
सैनिक प्रबक्ता सहायक रथी गोकुल भण्डारीले न्यूज अफ नेपाललाई एक जनाको अबस्था गम्भीर रहेको जानकारी दिएका छन । उनका अनुसार घाईतेहरुको उपचार अहिले वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा भइरहेको छ ।











प्रतिक्रिया