भारतीय विदेशमन्त्री स्वराज भेटघाटमा व्यस्त, यस्ताे छ दिनभरकाे कार्यक्रम तालिका

0
Shares

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री शुष्मा स्वराज आज पनि राजनीतिक र औपचारिक भेटवार्तामा व्यस्त हुँदैछिन् । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम रहेकोछ ।

स्वराज र राष्ट्रपति भण्डारीका बीचमा दिउँसो १२ बजे शितल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । साढे १२ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने छिन् ।

उनीहरु बीच विहान ९ बजे सोल्टी होटलमा भेटवार्ता हुँदै छ । बिहीबार नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री स्वराजले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेकी छन् ।

वाम गठबन्धनले नयाँ सरकार गठनको गृहकार्य गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिनिधिका रुपमा उनी नेपाल आएकी हुन् ।