स्वराज काठमाडौँमा, राजनीतिक भेटघाटमा व्यस्त रहने



नेपाल समाचारपत्र, काठमाडौँ ।

भारतीय विदेशमन्त्री स्वराज काठमाडौँ आइपुगेकी छिन् । काठमाडौँ स्थित त्रिभुवन विमानस्थलमा अपरान्ह सवा चार बजे अवतरण गरेकी स्वराजलाई अर्थराज्यमन्त्री उदय शमशेर राणा र परराष्ट्र सचिव शंकर वैरागीले विमानस्थलको विशिष्ठ कक्षमा स्वागत गरे ।

स्वराजलाई स्वागत गर्न नेपालका लागि भारतीय राजदूत मञ्जिमसिंह पुरी लगायत भारतीय दुतावासका अधिकारीहरु पनि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्