भारतको पश्चिम बंगालमा नदीमा खसेर बस दुर्घटना: ३६ जनाको मृत्यु, थप विवरण अाउँदै


कोलकाता । भारतको पश्चिम बंगालमा एउटा बस नदीमा खस्दा ३६ जनाको मृत्यु भएको छ ।

पुलबाट नदी तर्ने क्रममा रेलिङमा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । माल्डा जिल्लाको करिमपुरबाट मुर्सिदावाद हुँदै नाडियातर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कोलकातादेखि २२० किलोमिटर टाढा पर्ने मुर्सिदावाद जिल्लाको दौलतवादमा दुर्घटना भएको हो ।

बसमा ५० जना यात्रु सवार रहेको बताइएको छ । चालकले अर्को सवारी साधनसँग ठोक्किनबाट बचाउन अकस्मात मोड्दा नियन्त्रण गुमाएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

महिला र बालबालिका समेत गरी ३५ जनाको शव नदीबाट बाहिर निकालिएको छ भने अरु ६ जना पौडिएर बाहिर निस्केका थिए । घाइतेहरुलाई उपचारका लागि विभिन्न स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।  (एजेन्सी)

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।