विशेष अदालतद्धारा चक्रे मिलनलाई सफाइ


काठमाडौं । सरकारले कुनै पनि प्रमाणबाट पुष्टि गर्न नसकेको भन्दै विशेष अदालत काठमाडौले चक्रे मिलन भन्ने मिलन गुरुङलाई सम्पत्ती शुद्धीकरणको मुद्दामा सफाइ दिएको छ ।

सरकारले २०७० जेठ ५ गते गुरुङ दम्पती विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोद कुमार श्रेष्ठ वैद्यको इजलाशले चक्रे मिलन र श्रीमती इन्दिरा घले गुरुङलाई ७ करोड ८१ लाख ७ हजार २ सय ६५ रुपैयाँ ४१ पैसा सम्पत्ती शुद्धीकरण (मनि लाउड्रिङ)मुद्दामा सफाइ दिएको हो ।

नेपाल सरकारले प्रमाणबाट पुष्टि गर्न नसकेकाले मिलन गुरुङ र उनकी पत्नी इन्दिरालाई सफाइ दिएको अदालतको फैसलामा उल्लेख छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।