‘गरिबको पिडा कसैले सुन्दैन’



कर्णाली किनारमा गिट्टी कुट्ने एकल महिला भन्छिन्, ‘गरिबको पिडा कसैले सुन्दैन’

हिक्मत नेपाली , दैलेख ।
दैलेखको पश्चिममा पर्ने आठवीस नगरपालिका वडा नं. ४ राकमकर्णालीकी ४० बर्षिया दुर्गा नेपाली एका विहानै कर्णाली किनारमा पुग्छिन् । ढुंगाको थुप्रो नजिकै पुगेर सुस्केरा हाल्छीन् । त्यसपछि सुरु हुन्छ दुर्गाको दिनचर्या । नगरपालिकाको कार्यालय नजिकै रहेको कर्णाली किनारमा गिट्टीको थुप्रो हेर्दै टोलाउछिन् ।

हातमा उठेका फोका हेर्दै उनि भावुक बन्छिन् । आफुले कुटेका गिट्टी हेर्दै वरिपरि रहेका ढुंगा आसार्दै एक ठाउँमा जम्मा गर्छिन् । एक हातमा हतौडा र अर्को हातमा पुराना चप्पलको सहायताले ढुंगा फुटाउन तल्लीन दुर्गा बेला बेला एकोहोरो टोलाउछिन् । श्रीमान गुमाएकी दुर्गा बेला बेला छोरा छोरीको भविष्यलाई सम्झेर निकै भावुक बन्छिन् । स्कुल समय भन्दा बाहिरको समयमा उनि संगै साना छोरा छोरी पनि संगै आउछन् । उनका ४ छोरी र १ छोरा छन् । श्रीमानको केहि बर्ष अगाडी नै मृत्यु भइसकेको छ । दुर्गाको जेठी छोरी सिता नेपाली अहिले कक्षा ७ मा पढ्दै छिन् ।

३ बर्ष विद्यालय छाडेर भारतमा बसेकी सिता अहिले गाउँ फर्किएर विद्यालय जान सुरु गरेकी हुन् । पढ्नु पर्छ भन्ने भावना जागेर गाउँ फर्किए, सिताले भनिन् । उनकी अर्की छोरी रञ्जना नेपाली अहिले कक्षा ५ मा पढ्दै छिन् । डाक्टर बन्ने सपना बोकेकी रञ्जना आमा संगै स्कुल समय बाहेक कर्णाली किनारमा गिट्टी कुट्न आउछिन् । डाक्टर बन्ने धोको छ, रञ्जनाले भनिन् । डाक्टर बन्ने सपना बोकेकी रञ्जनालाई दैलेखका विभिन्न सामाजिक संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् । दुर्गाले कर्णाली किनारमै गिट्टी कुटेरै दुर्गाका कान्छो छोरा छत्र नेपालीलाई भने बोडिङ्गमा पढाएकी छिन् । कर्णालीका किनारका ढुंगा फुटालेर घर खर्च संगै साना छोरा छोरीलाई स्कुल पढाउदै गरेकी दुर्गाले भनिन् ‘गरिबको पिडा कसैले सुन्दैन् ।

दुर्गा जस्तै आठवीस नगरपालिका वडा नं. ४ राकमकर्णालीकी ७० बर्षिया मन्दरी वि.क.को दिनचर्या पनि उस्तै छ । उनको श्रीमानको मृत्यु भएको ७ बर्ष भइसकेको छ । उनका छोरा पनि भारतमा मजदुरीका लागि गएको बेला भारतमै ज्यान गयो आँखा भरि आँसु पार्दै मन्दिरीले भनिन् ‘मजदुरीका लागि भारत गएको छोरा फर्केर आएन् ।’ उनका छोरा ४५ बर्षका दया वि.क. भारत गएको ७ दिनमै हत्या भएको थियो । अहिले उनि बुहारी र नातीहरु संगै बस्दै आएकी छिन् । घरमा सासु बुहारी नै विदुवा भएर बसेका छौ । नाती नातिनाको भविष्यका लागि पनि दुःख गरिरहेको छु । साना नाती नातीको लागि पनि दुःख गर्नैपर्छ । उनले भनिन् ।

उनि जस्तै ८० बर्षिया बृद्ध धनसरी वि.क.ले कर्णालीको किनारमा ढंगाको व्यापार गर्दै जिव गुजारा गर्न लागेको बर्षौ वितेछ । कर्णालीको किनारमा गिट्टी कुटेरै जिवीकोपार्ज गर्दै आएकी धनसरी पनि एकल महिला हुन् । एक्लो ज्यान यसरी नै पालेको छु । आँखाभरि आँसु पार्दै धनसरीले भनिन् । धनसरीको जस्तै ७० बर्षिया रंगा वि.क.को पनि पिडा उस्तै छ । धनसरीको गिट्टीको थुप्रो नजिकै रंगाको पनि ढुंगाको थुप्रो छ । केहि बर्ष अगाडी श्रीमान गुमाएकी रंगाको छोरा छोरी कोहि छैनन् ।

गाउँमा आम्नादीको अन्य स्रोत नभएका आठवीस नगरपालिका वडा नं. ४ का यि एक महिलाहरुको अवस्था दयनिय छ । कर्णालीको किनारमा हातमा ठेला उठाउदै ढुंगा कुटेर जिवन गुजारा गरेका यी महिलाहरुको कर्णाली किनारमा गिट्टी कुट्नु दिनचर्या जस्तै बनेको छ । उनिहरु दिनहँ जसो कर्णाली किनारमा गिट्टी कुटेर दिन धकेली रहेका छन् । श्रीमान गुमाएका र सहारा दिने कोहि नभएपछि हातमा फोका र आँखाबाट आसु झादै गिट्टी कुट्नुको विकल्प अरु केहि पनि नभएको रंगाले कर्णाली किनारमा गिट्टी कुट्दै गरको धनसरीले बताइन् ।

हामी गरिबको चपेटामा परेकाहरुको पिडा कसैले सुन्दैन ७० बर्षिया रंगा वि.क. ले भनिन् । आम्दानीको अरु स्रोत केहि पनि नभएपछि गिट्टी कुटेर जिवन धानेको रंगाले बताइन् । कर्णाली किनारमा गिट्टीको व्यापार गरेर जिवन चलाएका यि महिलाहरुको स्थानीय सरकार बाट थुप्रै आश गरेका छन् ।

स्थानीय सरकारले व्यवसाय संचालनको लागि केहि सहयोग गरेको भए हाम्रो जिवनको सहारा बन्ने दुर्गा नेपालीले बताइन् । स्थानीय सरकारले हाम्रा लागि आर्थीक सहायता दिएर व्यवसाय संचालनको लागि व्यवस्था गरिदिए जिवन निर्वाह गर्न सहज हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्