पोखरामा चिनियाँ भाषाको कक्षा सुरु


पोखरा । पर्यटकीय नगरी पोखराका पर्यटन ब्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा सुरु गरेको छ ।
साइनो नेपाल मिडिया सोसाइटीको ब्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कम्फ्युसियस इन्स्टिच्युटको सहयोगमा बोर्डको पोखरा ड्यामसाइट स्थित प्रदेश नम्बर ४ कार्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो ।

प्रतिनिधिसभाका सदस्य रविन्द्र अधिकारीले एक विशेष समारोहका बीच चिनियाँ कक्षाको उद्घाटन गर्दै चिनियाँ भाषा भाषाको ज्ञानले पर्यटन उद्यामशिलतासमेत बढाउने बताउनुभयो । सन् २०२० सालसम्म २० लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखिएको उल्लेख गर्दै हाल घट्दै गएको रेमिटान्सलाई पर्यटन क्षेत्रबाट आउने विदेशी मुद्राको आम्दानीबाट पूर्ति गर्न सकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालको पर्यटन क्षेत्रलाई सुधार गरी चीनबाट मात्र होइन विश्वका अन्य देशबाट समेत भित्र्याउँनको लागि काम भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा वोल्दै नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चिनियाँ भाषाले नेपाली र चिनियाँ नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउँने बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालय कम्फ्युसियस इन्स्टिच्युटका निर्देशक प्रा. डा. वाङ सङलिले चिनियाँहरुले विदेशी भाषामा बोल्न नचाहने भएकोले नेपालको पर्यटकीय क्षेत्रमा लागेकाहरुले चिनियाँ भाषाको आधारभूतको ज्ञान अनिवार्यरुपमा हासिल गर्नुपर्ने बताउनुभयो । आफ्नै भाषामा अपनत्व खोज्ने चिनियाँ पर्यटकहरुलाई उनीहरुकै भाषामा सेवा दिइ पर्यटकको संख्या बढाउन उहाँले सुझाव दिनुभयो ।

आर्थिकरुपमा तीब्र गतिले विकास गरिरहेको चीनले विश्वबजारमा आफ्नाे हिस्सा बढाउँदै गएकोले चिनियाँ भाषा महत्व विश्वभर बढ्दै गएको उल्लेख गर्दै साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष धु्रव पौडेलले चिनियाँ भाषा नसिकेकै कारण पोखराका स्थानीय पर्यटन व्यवसायीले चिनियाँ पर्यटकबाट गर्न सक्ने आम्दानी गुमाउँदै गएको बताउनुभयो ।

८० घन्टा अवधिको चिनियाँ भाषाको आधारभूत कक्षामा ८०भन्दा बढी पर्यटन ब्यवसायीको सहभागिता रहेको छ । भाषा प्रशिक्षणका लागि काठमाडौँ विश्वविद्यालय कम्प्mयुसियस इन्स्टिच्युटले दुई जना व्यवसायिक चिनियाँ शिक्षकको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।