आत्मनिर्भरता बढाउँदै अल्लो



सलिम अन्सारी, प्यूठान ।

केही बर्ष अघिसम्म अल्लोका कपडा पाहुनालाइ कोसेली दिने बस्तुमात्र थिए। सरकारी तथा गैह्रसरकारी क्षेत्रका कर्मचारीहरुको स्वागत र बिदाइमा अल्लोका सामाग्री उपहार दिइन्थ्यो ।

तर पछिल्ला केहि बर्ष यता प्यूठानमा ब्यावसायीक रुपमै अल्लोको धागो र हस्तकला उत्पादन गर्न थालिएको छ। अल्लो उद्योग सदरमुकाममा भन्दा गाउँमा फस्टाउँदो छ। आवाश्यक कच्चा पदार्थ गाउँ मै उत्पादन हुने हुँदा यस्ता उद्योग बजारमा भन्दा गाउँमा बढि फस्टाएका हुन। नौबहिनी गाउँपालिकाको बहाने बजारमा कोठी हिमाल अल्लो उद्योग सँचालन गर्दै आएकी चित्रकला बुढाले उधोगलाइ चाहिने कच्चा पदार्थ आफै उत्पादन गर्ने बताउँछिन। उनले ब्यातगत लगानीमा उद्योग चलाएकी हुन।

दशक अघी दश हजारको लगानीबाट अल्लो ब्याबसाय थालेकी बुढाले बार्षिक कम्तीमा ३० लाख रुपैयाको कारोबार गर्छिन उनँले उत्पादन गरेका सामाग्रीको व्यापारले धेरैलाइ रोजगारी समेत मिलेको छ।

परिवारका सदस्य सहित स्थानिय १९ जनालाइ उनले अल्लो उत्पादनमा प्रत्यक्ष रोजगारी दिएकी छन। ब्यावसायले आम्दानी मात्र नभइ पहिचान र आत्मबिश्वास बढाएको छ। उनि भन्छिन अल्लोले चिनायो र आत्मनिर्भर बनायो। अल्लो उत्पादन सँघकी केन्द्रिय अध्यक्ष समेत रहेकी उद्यमी बुढाले गत बर्ष ४० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको जानकारी दिइन। उत्पादित अल्लोको माग स्थानिय बजारमा भन्दा राजधानी लगायतका ठूला शहरहरुमा बढि रहेको उनि बताउछिन। अल्लोको कपडाबाट निर्मीत कपडा जनजातीको परम्परागत पोसाक हो।सानो छदा गाउँका छिमेकीले कपडा देखेर सिकेको उहाँले बताउनुभयो।

अल्लोबाट निर्मीत टोपी,झोला, स्विटर,पर्स,स्टकोट नेपालका बिभिन्न शहर सहित बिदेश निर्यात गरिन्छ। उत्तरी प्यूठानका स्याउँलिबागँ,अर्खा,रजवारा,खवागँ,डाम्री, ओखरकोट लगायतका गाबिसमा अल्लो उत्पादन हुन्छ।लघुउद्यम बिकास सँघ प्यूठानको तथ्याकँ अनुसार जिल्लाभर एक सय अल्लो उद्यमीहरुले अल्लोको प्रशोधित धागो र हस्तकला उत्पादन गरिरहेका छन।

बर्षेनी महिला उद्यमीहरुको सँख्या बढदै गएको लघुउधमी सँघ प्यूठानकी अध्यक्ष तिलकुमारी खडकाले बताइन।उद्यमीहरुले सँकलन गरेको अल्लोको प्रसोधित धागो अन्तराष्टिय बजार सम्म पुगेको छ। बिभिन्न निजी फर्महरुले समेत घरमै आएर धागो खरिद गर्ने गरेको उधमीहरु बताउछन। जिल्लामा अल्लो उत्पादन परिणाम बारे एकिन तथ्याकँ नभए पनी बर्षेनी लगभग दुइ करोडको अल्लो उत्पादन हुदै आएको लघुउद्यमी समुहले जनाएको छ।

प्रसोधित धागोको प्रतिकेजी ७ सय रुपैयाँमा कारोवार हुन्छ। स्थानियस्तरमा उत्पादित अल्लोको कपडाको प्रतीमिटर मुल्य ६ सय देखी १२ सय रुपैया सम्म पर्न आउँछ। एक जना उद्यमीले दिनभरीमा १० मिटर सम्म धागो तयार गर्न सक्छन। अल्लोको बोटलाइ लेकाली सिस्नो भनिन्छ। जिल्ला कृषि बिकास कार्यालयका अनुसार केहि चिसो भागमा अल्लो खेती गर्न सकिन्छ। पहाडि भेगका जगँलमा पाइने बनस्पती अल्लोको डाठँबाट धागो उत्पादन गरी कपडा बुनिन्छ। कपडा बुन्न मेसिनको आवाश्यत। पर्दैन।

जिल्लामा यो बर्ष १४ सय ५० केजी अल्लो धागो जिल्ला बाहिर निर्यात भएको जिल्ला बन कार्यालयका नायक सुव्वा चिन्ता बहादुर पुनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्