शिवरामले जिते इस्टर्न ओपन



काठमाडौं, (नेस) । धरानमा भएको सुर्य नेपाल इस्टर्न ओपन गल्फ च्याम्पियनसिपको उपाधि शिवराम श्रेष्ठले जितेका छन् ।
धरानको निर्वाण कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा शुक्रबार अन्तिम दिन २ अन्डर ६८ को स्कोरसँगै शिवरामले उपाधि जितेका हुन् । उनले कूल ७ अन्डर २ सय ३ स्कोर गरेका थिए । एमेच्योर खेलाडीद्वय सुक्रबहादुर राई र टंकबहादुर कार्कीले कूल समान ६ अन्डर २ सय ४ स्कोर जोडेका थिए । शिवरामले उनीहरुमाथि मात्र एक स्ट्रोकको अग्रता बनाएका थिए ।
पहिलो भएका शिवरामले १ लाख १५ हजार नगद प्राप्त गर्दा शुक्र र टंकले समान ६३ हजार ५ सय रुपियाँ हासिल गरे ।

प्रतिक्रिया दिनुहोस्