नेपाल ८८औं स्थानमा



जेनेभा, (एजेन्सी)
वल्र्ड इकोनोमिक फोरमले सन् २०१७–२०१८ को विश्वका १ सय ३७ राष्ट्रको वार्षिक प्रतिस्पर्धात्मक आर्थिक वृद्धिको सूची जारी गरेको छ। मञ्चले जारी गरेको प्रतिवेदनमा सन् २०१७ को विश्वको कुल गार्हस्थ्य उत्पादन ३ दशमलव ५ प्रतिशतले वृद्धि भई उत्साहजनक सुधारको संकेत देखाएको उल्लेख गरेको छ। उक्त विश्वव्यापी प्रतिस्पर्धात्मक सूचीमा स्विजरल्यान्ड पहिलो, अमेरिका दोस्रो र सिंगापुर तेस्रो स्थानमा रहेका छन्। १ सय ३७ देश सूचीकृत गरिएको यस सूचीमा नेपाल ८८औं स्थानमा परेको छ। यसअघि ९८औं स्थानमा रहेको नेपाल १० स्थान माथि उक्लन सफल भएको छ। त्यसै गरी भारत ४०औं र चीन २७औं स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्