अभियन्तालाई सजाय



बेइजिङ, (एजेन्सी)
चिनियाँ अनलाइनहरूले सुपर भल्गर बुचरको उपनाम दिएका चर्चित चिनियाँ मानव अधिकारवादी अभियन्तालाई राष्ट्रघातीको अभियोगमा चीन सरकारले आठ वर्ष लामो कारावास सजाय सुनाएको छ। सन् २०१५ मा सयौं वकिल र अभियन्ताहरू पक्रने क्रममा वु गानलाई पनि गिरफ्तार गरिएको थियो। वुले आफूलाई सुनाइएको सजायविरुद्ध अपिल गर्ने बताएका छन्। उनले अनलाइनमार्फत सरकारको विरोध गर्ने गरेका थिए। तियानजिनस्थित अदालतले वुविरुद्ध सजाय सुनाउँदै उनी वर्तमान शासन प्रणालीप्रति सन्तुष्ट नरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्