पशु यातना



बैंकक, (एजेन्सी)
थाइल्यान्डको एक चिडियाखानामा पर्यटकका नाममा जनावरलाई अनावश्यक प्रताडना दिने गरेको घटना बाहिर आएको छ। पटायास्थित उक्त चिडियाखानामा बाघ गर्जेको प्रत्यक्ष देखाउनका लािग त्यहाँका एक कमचारीले बाघलाई डण्डाले घोच्ने गर्थे। त्यसबाट आक्रोशित हुँदै बाघ गर्जिन्थे। यो क्षणमा पर्यटकहरू परफेक्ट फोटो खिचाउन पाउँथे। बाघलाई हुने गरेको उक्त प्रताडनाको एउटा भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ। यद्यपि उक्त घटना विश्वसामु आएपछि ती कर्मचारीलाई सरुवा गरिसकेको एक अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्