म्याराडोनाको सनसनी भनाइ

0
Shares

लन्डन, (एजेन्सी)
डिएगो म्याराडोनाले यदि पुरस्कारको लागि आफु वैधानिकता भएको भए बालान डी ओर अवार्ड क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीले भन्दा बढी जित्ने सनसनी भनाइ राखेका छन्।
अर्जेन्टिनाका प्रख्यात पू्र्व फुटबलर म्याराडोनाले बालान डि ओर अवार्ड कहिल्यै जित्न सकेको थिएन। १९९५ मा पुरस्कारको स्वरुप बदलिनु अघिसम्म युरोपियन खेलाडीको मात्र वर्चस्व रहेको थियो। त्यतिबेला म्याराडोना उत्कृष्ट भए पनि युरोपियन खेलाडीले पाउने भएको हुँदा बालन डी ओर अवार्ड उनको लागि भएको थिएन। यदि त्यतिबेला नै अवार्डलाई विस्तार गरेको भए उनले रोनाल्डो र मेसीले भन्दा बढी यो अवार्ड पाउने उनको दावी थियो।

पछिल्ला १० वर्षमा यो अवार्ड दुई खेलाडीको मात्रै भएको सबैले महसुस गरेको पनि म्याराडोनाले बताए। उनले एएसलाई बताए—जहिले पनि रियल मेडिङ र बार्सिलोनाका स्टारमध्ये एकलाई पुरस्कार दिनु पनि बोर भइसकेको छ। बालान डी ओर? ट्रफी….बालान डी ओर एकजना खेलाडीलाई मात्रै दिनु धेरै कठिन हो। जहिले पनि रोनाल्डो वा मेसीलाई दिनु भनेको बोरिङ कुरा हो।

उनले थपे—को यसको हकदार छन् त? हुनसक्छन् काभानी, मबाप्पे, इब्राहिमोभिच तर मलाई थाहा छैन। त्यहाँ धेरै हकदारहरु छन्।

म्याराडोनाले रोनाल्डोको सदाबहार महान खेलाडी भएको दाबीमा पनि अस्विकृत जनाएका थिए। अल फुजाइराहका प्रमुख प्रशिक्षक समेत रहेका उनले भने—रोनाल्डोले भन्छ उनी सदाबहार उत्कृष्ट हुन्? उनलाई वाहियात कुरा नगर्नु भनेर रोक। उत्कृष्ट? मेरा लागि अल्फ्रेडो डी स्टेफानो, क्रुएफ… र मेसी। तर क्रिस्टियानो पनि हुन सक्छन्। रोनाल्डो? उनी अदभुत छन्। मलाई उनको परिभाषा मन परेको छ। क्रिस्टियानो रोनाल्डोबारे मलाई मन पर्ने अर्को कुरा त्यो हो कि टिमले उनको आवश्यक छ।

Skip This