नेपालको दोस्रो जित



काठमाडौं, (नेस)
नेपालले पहिलो अन्तर्राष्ट्रिय ह्विलचेयर क्रिकेट च्याम्पियनसिप टी २० अन्तर्गत लिगमा दोस्रो खेलमा पनि जित हासिल गरेको छ। त्रिवि मैदानमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ६६ रनले हरायो। यसअघि बंगलादेसलाई हराएको नेपालले पहिले ब्याटिङ गरेर १४ ओभरमा ४ विकेटको क्षतिमा १ सय ५१ रन जोडेको थियो। जसमा म्यान अफ द म्याच नवीन राईले ६ चौकाको सहयोगमा ५० रन बनाएका थिए।

जवाफमा उत्रेको भारत ८६ रनमा अलआउट भएको थियो। नेपाली बलरमा यमबहादुर श्रेष्ठ र विष्णु अधिकारीले २÷२ विकेट लिएका थिए। भारतीय टोलीका लागि सौरभ मालिकले सर्वाधिक २५ रनको योगदान दिएका थिए।

प्रतिक्रिया दिनुहोस्