कलेज फुटसललाई एभरेस्ट बैंकको साथ



नेपाल समाचारपत्र
काठमाडौं
अन्तर कलेज फुटसललाई एभरेस्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ। मंगलबार एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालिका इभेन्ट म्यानेजर सरोज शर्मा ढुगांनाबीच सम्झौतापत्र आदन–प्रदान भएको छ।

यही मंसिर २८ गते सञ्चालन हुने एक दिवसीय फुटसल प्रतियोगिता सम्झौतापश्चात एभरेस्ट बैंक अन्तर कलेज फुटसल प्रतियोगिताको नामले सञ्चालन हुने भएको छ। एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले सम्झौतापत्रमा हस्ताक्षरपश्चात राष्ट्रको गौरव बढाउने एकताको प्रतीक खेलक्षेत्रसँग हाम्रो संस्था जोडिन पाउदा गौरवान्वित भएको धारणा व्यक्त गरे। त्यस्तै आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालिका इभेन्ट मेनेजर ढुगांनाले दिगो दरिलो विश्वासिलो स्लोगनका साथ प्रतिष्ठा कमाएको एभरेस्ट बैंकले खेलक्षेत्रमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे।

लिगकम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी २० टिमलाई ४ समूहमा विभाजन गरिएको छ। प्रतियोगिताको विजेता टिमले ५५ हजार र उपविजेता टिमले २५ हजार नगद प्राप्त गर्नेछन्। मुख्य प्रायोजन गरेको एभरेस्ट बैंकले सम्झौताअनुसार नगद पुरस्कार, शिल्ड, मेडल, ब्यानर र व्यवस्थापनतर्फको जिम्मेवारी लिएको छ।

प्रतिक्रिया दिनुहोस्