कम्बोडियामा अनिशालाई प्रोफेसनल उपाधि



?

नेपाल समाचारपत्र
काठमाडौं
कम्बोडियाको राजधानी नोम पेनमा आयोजना भएको प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमामा नेपाली खेलाडी अनिशा खड्काले प्रोफेसनल फाइटको उपाधि जितेकी छिन्।

आइतबार भएको महिला ६७ केजी तौल समूहमा आयोजक कम्बोडियाकी पुथ थावेलाई पराजित गर्दै अनिशाले प्रोफेसनल फाइटको उपाधि जितेकी हुन्।

कुन खेमरको प्रोफेसनल विधामा प्रतिस्पर्धा गरेकी अनिशाले पाँच राउन्डको खेलमा थावेलाई अंकका आधारमा पराजित गरेकी हुन्। खेलको सुरुदेखि नै आक्रामक देखिएकी उनले पाँच राउन्डसम्म त्यही आक्रमकतालाई जारी राख्दै उपाधि जितेकी हुन्।

अनिशाले गत मार्चमा थाइल्यान्डमा भएको १४औं विश्व मुवाँथाइ च्याम्पियनसिप अन्तर्गत एमेच्योरमा स्वर्ण जितेकी थिइन्। मुवाँथाइको प्रोफेसनल विधामा नेपालले पहिलो पटक स्वर्ण जितेको नेपाली टोलीका प्रशिक्षक एवं नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए।

च्याम्पियनसिप अन्तर्गत एमेच्योरतर्फ नेपालका राहुल थोकर लामाले शनिबार पुरुष ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए। उनले आयोजक कम्बोडियाका सामनाङ पिसेथलाई नकआउट गर्दै स्वर्ण पदक जितेका थिए।

प्रतिक्रिया दिनुहोस्