भीषण आगलागी



लस एन्जलस, (एजेन्सी)
अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको भीषण डढेलोले ४५ हजार एकड क्षेत्र चेपटामा लिइसकेको अधिकारीहरूले बताए। उक्त जंगल इलाकासँग जोडिएको लस एन्जलस सीमामा पर्ने सबै घरहरूलाई खाली गराइसकेको बताइएको छ। आगलागीका कारण २७ हजारभन्दा धेरै नागरिक घरबारविहीन भएको जनाइएको छ। आगलागीबाट एक बाहन चालकको मृत्यु भएको र तीन जना अग्नीसमनकर्मी घाइते भएको अधिकारीहरूले बताए। गत अक्टोबर महिनामा क्यालिफोर्नियाको नापा र सोनोमा काउन्टी लागेको भीषण आगलागीमा १० भन्दा धरैको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्