रेनसेलाई मुद्दा चलाइने



नोमपेन्ह, (एजेन्सी)
क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनले बुधबार अपदस्थ विपक्षी नेता साम रेनसेले सेनालाई सरकारको आदेश नमान्ने सल्ला दिएको उक्साएको आरोप लगाउँदै उनीविरुद्ध राष्ट्रद्रोही कार्य गरेको अभियोगमा नयाँ मुद्दा चलाइने बताएका छन्। आफूविरुद्ध लगाइएको थुप्रै अभियोगबाट छुटकारा पाउने उद्देश्यले रेनसे सन् २०१५ मा आफ्नो पार्टीलाई अदालतले विघटन गरेको केही सातादेखि फ्रान्समा स्वनिर्वासित जीवन बिताउँदै आएका छन्। आगामी वर्ष हुने आम निर्वाचनमा हुन सेनलाई उनको चुनौतीबाट बचाउन उनको क्याम्बोडिया नेसनल रेस्क्यु पार्टीमाथि प्रतिबन्ध लगाइएको हो।

प्रतिक्रिया दिनुहोस्