टायर कारखानामा किम



सोल, (एजेन्सी)
उत्तर कोरियाली नेता किम जोङ उन देशको सबैभन्दा ठूलो ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षणको सियाली मनाउन एउटा टायर कारखानामा पुगेको बताइएको छ। उत्तर कोरियाको ह्वाङसाङ १५ क्षेप्यास्त्र परीक्षणको केही दिनपछि किम उक्त रकेट बोकेको बाहनका लागि टायर बनाउने कारखानामा पुगेका हुन्। उत्तर कोरियाले उक्त अन्तरमहाद्विपिय क्षेप्यास्त्रको सफल परीक्षणपछि परमाणु कार्यक्रम सफल भएको दाबी गरेको थियो। अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यास यसै हप्ता शुरू हुन लागेकोमा उत्तर कोरियाले ‘पालग डोनाल्ड ट्रम्प’ सँग निर्मम सम्बन्ध बनाइराख्ने प्रतिवद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्