टेलेन्ट हन्टबाट चार खेलाडी छनोट



नेपाल समाचारपत्र
काठमाडौं
टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गतको टोली ललितपुर पेट्रियटसले चार खेलाडीलाई लोकल टेलेन्ट हन्ट कार्यक्रमबाट छनोट गरेको छ।

दोस्रो चरणमा उत्कृष्ट ३१ जना सहभागी भएकोमा ललितपुर पेट्रियटसले ४ जनालाई छनोट गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

गत कात्तिक २४ र २८ गते भएको लोकल टेलेन्ट हन्ट कार्यक्रममा १ सय ५ जनाको सहभागिता रहेको थियो। छनोट भएका ४ खेलाडी यसै मंसिर २६ गतेदेखि टोलीको क्याम्पमा सँगै बस्नेछन्। छनोट प्रक्रियामा उत्कृष्ट भएका ४ खेलाडीमा ३ बलर रहेका छन्।

जसमा प्रतिश जीसी (बायाँ हाते मेडियम पेस), सुमित झा (दायाँ हाते मेडियम पेस), विपिन आचार्य (स्पिनर) र रित गौतम (दायाँ हाते ब्याटसम्यान तथा विकेटकिपर) ले ललितपुर पेट्रियटसबाट खेल्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्