संसद्मै विवाह प्रस्ताव



सिड्नी, (एजेन्सी)
अस्ट्रेलियाको संसद्मा समलिंगी विवाहलाई कानुनी मान्यता दिने विषयमा छलफल भइरहेका बेला एकजना विधायकले त्यहीँ आफ्नो पार्टनरलाई विवाहका लागि प्रस्ताव राखेका छन्। विधायक टिम विल्सनले पब्लिक ग्यालरीमा बसिरहेका पार्टनरलाई सो प्रस्ताव राख्दा पार्टनरले ठूलो स्वरमा सहमति जनाएका थिए। तिनीहरूबीच विगत ९ वर्षदेखि सम्बन्ध चल्दै आएको थियो। ५ दिनअघि सिनेटबाट पारित भएको यस विधायकमाथि सोमबार संसद्मा व्यापक छलफल भएको थियो। यसरी संसद् भवनभित्रै समलिंगी विवाहका लागि प्रस्ताव राख्ने विल्सन पहिलो विधायक भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्