फिफा विश्वकपको खेल तालिका सार्वजनिक



मस्को, (एजेन्सी) । सन २०१८ को रसियामा आयोजना हुने फिफा विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
सन् २०१८ को जुन–जुलाई महिनामा हुने विश्वकप फुटबलको मस्कोस्थित क्रेमलिन प्यालेसमा शुक्रबार राति एक कार्यक्रमकाबीच ड्र सार्वजनिक गरिएको हो । छनोट भएका ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरेर ड्र सार्वजनिक गरिएको हो । ड्र समारोहमा फिफा अध्यक्ष जेरेमी इन्फान्टिन्हो, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, विश्व फुटबलका हस्तीहरु पेले म्याराडोना, रोनाल्डो, रोनाल्डिन्हो लगायतको उपस्थिति रहेको थियो । विश्वकप जुन १४ देखि जुलाई ३१ सम्म रसियाको विभिन्न ११ शहरको १२ वटा स्टेडियममा हुनेछ । प्रतियोगिताको २१औं संस्करणको सो ड्र मा वर्तमान यूरोपियन पोर्चुगल र पूर्व विश्वविजेता स्पेन एउटै समूहमा परेका छन् । उद्घघाटन खेल जुन १४ मा आयोजक रसिया र साउदी अरेबियाबीच हुनेछ ।
सार्वजनिक गरिएको ड्र अनुसारको समूह र राष्ट्र यसप्रकार रहेको छ ।
समूह ए : रसिया, उरुग्वे, इजिप्ट, साउदी अरेबिया
समूह बी : पोर्चुगल, स्पेन, इरान, मोरोक्को
समूह सी : फ्रान्स, पेरु, डेनमार्क, अष्ट्रेलिया
समूह डी : अर्जेन्टिना, क्रोएसिया, आइसल्यान्ड, नाइजेरिया
समूह ई : ब्राजिल, स्वीजरल्याण्ड, कोस्टारिका, सर्बिया
समूह एफ : जर्मनी, मेक्सिको, स्वीडेन, दक्षिण कोरिया
समूह जी : बेल्जियम, इंगल्यान्ड, ट्युनिसिया, पानामा
समूह एच : पोल्यान्ड, कोलोम्बिया, सेनेगल, जापान

प्रतिक्रिया दिनुहोस्